× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा २७० जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ३०२

    ३ वर्ष पहिले

    मंसिर-१०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ७० जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख १५ हजार ९ सय ७९ जना पुगेको छ ।

    २४ घण्टामा ७ हजार ८ सय २९ जनाको पिसिआर परीक्षण गर्दा २ सय ४२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४५ लाख ९९ हजार ४ सय ८९ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा २ हजार ६ सय १७ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ७ लाख २३ हजार ९ सय ७८ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २ सय ८७ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ६ हजार ८ सय ९६ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ सय ९१ छ।

    २४ घण्टामा ३ सय २ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख १ हजार ७ सय २२ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.५२ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको २ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय १८ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ९८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय ७५ जना र भेन्टिलेटरमा ३३ जनाको उपचार भईरहेको छ ।