× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    नेपालको पूर्वी भू-भागमा बंगलादेशको आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव, केहि स्थानमा हल्का वर्षाको सम्भावना

    ३ वर्ष पहिले

    मंसिर-११, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार नेपालको पूर्वी भू-भागमा ब़ंगलादेशको आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

    प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य पहाडी भूभागहरुमा आंशिक बदली रही वाँकी भु-भागमा मौसम सामान्यतया सफा रहेको छ।

    आज दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागहरुमा आँशिक देखी सामान्य बदली र अन्य पहाडी भूभागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश सुदुर पश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

    त्यसैगरी राती देशका पहाडी भू-भागहरुमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने प्रदेश १, बाग्मती प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।