× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    एमालेको महाधिवेशनमा जे देखियो

    ३ वर्ष पहिले

    मंसिर-११,नेपाल कम्युनिष्ट पार्टी (नेकपा–एमाले)को दसौँ महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ।

    महाधिवेशनमा भाग लिन देशको विभिन्न स्थानबाट आएका नेता कार्यकर्ताहरु एवं सर्वसाधारणको विशाल भिड जम्मा भएको थियो ‌। सम्भवत यो चितवनमा भएको सबैभन्दा ठुलो जनसहभागिता भएको कार्यक्रममा थियो।

    बिहानैदेखि विभिन्न ठाउँबाट आएका एमाले कार्यकर्ता र समर्थनक नारायणगढ छिर्न थालिसकेका थिए, जसका कारण महानगरको सवारी व्यवस्थापन जटिल बनेको थियो । जुन यो महाअधिवेशनको ब्यबस्थापनको कमजोर पक्ष रहन् गयो ।

    महाधिवेशनको औपचारिक उद्घाटन हुनु भन्दा अगाडी मञ्चमा राष्ट्रिय जनसांस्कृतिक महासङ्घको टोलीबाट विविध जातजातिगत धुन र सांस्कृतिक प्रस्तुति दिन थालेका थिए । सभामा शुभकामना दिन प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हेलिकोप्टरबाट अवतरण भएपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका शीर्ष नेता मञ्चमा स्वागतार्थ पुग्नुभयो ।

    एमालेका नेता रामबहादुर थापाले स्वागत मन्तव्य दिएपछि अध्यक्ष ओलीले नेपालको झण्डा, पार्टीको निर्वाचन चिन्ह (सूर्य) र कम्यूनिष्ट पार्टीको झण्डा फहराएर महाधिवेशनको भव्य उद्घाटन गर्नुभयो ।

    कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटीका सदस्य लीलामणि पोखरेल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालगायतका नेताले शुभकामना मन्तव्य दिनुभयो ।

    आम सहभागी सभामा एमालेका जिल्ला अध्यक्ष पार्वती रावलले धन्यवाद र सञ्चालक पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले समापन भएको घोषणा नगर्दासम्म नारायणीतिरमा झुम्मिएका थिए ।

    कार्यक्रम समापन हुदाँसम्म टाढा टाढाबाट कार्यकर्ताहरु मञ्च स्थलमा तर्फ प्रवेश गरि रहेका थिए ।नारायणीतिरमा जति भिड जम्मा भएका थिए रामनगर को जंगल देखि मञ्च बाहिर एवं नारायणी पुल तथा नदिको पारीजो तिरमा पनि बाक्लो भिड जम्मा भएको थियो।

    कार्यक्रम समापन पश्चात घर फर्कने लाखौंको भिड एवं हजारौं संख्याका गाडीका कारण यातायात ब्यबस्था अस्तब्यस्त बन्न पुगेको थियो।कार्यक्रम सकिएसंगै लाखौँ जनता फर्किएपछि एमालेका स्वयंसेवक कार्यकर्ताहरु हातमा टर्च लाईट बोकेर कार्यक्रम स्थलदेखि शहरका मुख्य चोक सफा गरेका थिए ।