× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा १५८ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ३४२

    ३ वर्ष पहिले

    मंसिर-१२, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय ५८ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख १६ हजार ३ सय ५० जना पुगेको छ ।

    २४ घण्टामा ६ हजार ६ सय ४ जनाको पिसिआर परीक्षण गर्दा १ सय ५४जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४६ लाख ११ हजार जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा २ हजार ३ सय १४ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ७ लाख २८ हजार १७ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९ सय ६६ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ६ हजार ५ सय ८९ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ सय ७७ छ।

    २४ घण्टामा ३ सय ४२ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख २ हजार ३ सय ८९ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.५६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको २ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय २३ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ९८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय ७१ जना र भेन्टिलेटरमा ३३ जनाको उपचार भईरहेको छ ।