× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा २५९ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या २६४

    ३ वर्ष पहिले

    मंसिर-१३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ५९ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख १६ हजार ६ सय ९ जना पुगेको छ ।

    २४ घण्टामा ७ हजार २ सय ३१ जनाको पिसिआर परीक्षण गर्दा २ सय ४३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४६ लाख १८ हजार २ सय ३१ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा २ हजार ६ सय ५७ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ७ लाख ३० हजार ६ सय ६७ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९ सय ४४ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ६ हजार ५ सय ४१ रहेको छ भने संस्थागत आइसोलेसनमा ४ सय ३ जना रहेको छ।

    २४ घण्टामा २ सय ६४ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख २ हजार ६ सय ५३ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.५६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको १ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय २४ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ९८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय ५९ जना र भेन्टिलेटरमा ३७ जनाको उपचार भईरहेको छ ।