× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    बेलायती औपनिवेशिक अन्त्यको घोषणा गर्दै बार्बेडोस बने पछिल्लो गणतान्त्रिक देश

    ३ वर्ष पहिले

    मंसिर-१४, बेलायती राजतन्त्रलाई सर्वोच्च निकाय नबनाउने घोषणा गर्दै बार्बेडोसले बेलायतसँगको औपनिवेशिक सम्बन्ध अन्त्य गरेर पछिल्लो गणतान्त्रिक देश बनेको छ।

    क्यारेबियन देश बार्बेडोसले लगभग ४०० वर्षसम्म बेलायतको उपनिवेश रहेर मंगलवारबाट स्वतन्त्र भएको छ ।

    सान्द्रा मसोन बार्बेडोसकी पहिलो राष्ट्रपति बनाएकी छन् । मसोनलाई गत साता दुवै सदनको संयुक्त बैठकले राष्ट्रपति छानेको थियो ।

    उपनिवेशबाट स्वतन्त्रता पाएपछि बार्बेडोसका मानिसहरू आधा रातमा राजधानीस्थित चेम्बरलिन पुलमा आएर खुशियाली मनाए । गणराज्य बनेपछि २१ तोपको सलामी दिइयो र हिरोज स्क्वेयरमा देशको राष्ट्रगान बजाइयो ।

    गणतन्त्र घोषणा समारोहमा प्रमुख अतिथिको रुपमा बेलायतका राजकुमार चार्ल्स उपस्थित रहेका थिए।

    सो समारोहमा पप गायिका रेहानालाई राष्ट्रिय हिरोको रुपमा सम्मानित गरेका थिए।