× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    उच्च पहाडी तथा हिमाली भू-भागमा भारी हिमपात हुनुको साथै पहाडी तथा तराईमा हल्का बर्षाको सम्भावना

    ३ वर्ष पहिले

    मंसिर-१५, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जारी गरेको हिउँद मौसमको बिषेश बुलेटिन अनुसार हाल पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरव सागरमा बनेको न्यून चापीय क्षेत्रको कारण नेपालको सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरु सर्ने क्रममा सुदूरपश्चिम , कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश धेरै स्थानहरुमा सामान्य देखि पूर्ण बदली र अन्य प्रदेशमा आंशिक देखि सामान्य बदली रहने छ ।

    देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश , लुम्बिनी प्रदेश, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुका धेरै स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहनुको साथै उक्त प्रदेशहरुका पहाडी तथा तराइका केही भू-भागहरुमा फाटफुट देखि हल्का बर्षाको सम्भावना रहेको छ । उक्त प्रणालीका कारण आगामी दिनहरुमा तापक्रममा समेत गिरावट आई चिसो बढ्न सक्ने सम्भावना रहेको छ । आउँदो शुक्रबारबाट क्रमशः यो प्रणाली सुदूरपश्चिम प्रदेशका क्षेत्रबाट मौसममा बिस्तारै कमजोर हुँदै जाने देखिन्छ ।

    यस मौसमी प्रणाली कारण पर्वतारोहण, हवाई/यातायत लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का वर्षाको र सो प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।