× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ३१६ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या २५९

    ३ वर्ष पहिले

    मंसिर-१५, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय १६ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख १७ हजार १ सय ८० जना पुगेको छ ।

    २४ घण्टामा १० हजार ९ सय १९ जनाको पिसिआर परीक्षण गर्दा २ सय ८५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४६ लाख ३३ हजार ४ सय ७९ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा १ हजार ८ सय ८ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ३१ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ७ लाख ३४ हजार ६ सय २२ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९ सय ५४ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ६ हजार ६ सय १० रहेको छ भने संस्थागत आइसोलेसनमा ३ सय ४४ जना रहेको छ।

    २४ घण्टामा २ सय ५९ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख ३ हजार १ सय ६८ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.५६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको ३ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय २९ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ९८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय २० जना र भेन्टिलेटरमा ३७ जनाको उपचार भईरहेको छ ।