× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का कारण अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न स्वास्थ्य मन्त्रालयले आग्रह

    ३ वर्ष पहिले

    मंसिर-१५,दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ अन्य देशहरुमा पनि देखिन थालेपछि संक्रमणको जोखिमबाट बच्नका लागि अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।

    बुधबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले नेपाल पनि नयाँ भेरियन्टको जोखिममा रहेको भन्दै अत्यावश्यक कामबाहेक विदेश यात्रा नगर्नका साथै सबैलाई सावधानी अपनाउन आग्रह गरेको हो।

    ओमिक्रोन भेरियन्ट बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरुमा असर गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।

    ‘हालसम्म उक्त भेरियन्ट नेपालमा फेला परिनसकेको र आवश्यक निगरानी तथा परीक्षणको दायरा फराकिलो पारिएको आवस्था छ। समयमै सावधानी अपनानाई नयाँ भेरियन्टलाई नेपाल प्रवेश गर्न नदिन र जनजीवनलाई सामान्य राख्न सरकारले तीव्र रुपमा काम गरिरहेको छ’, विज्ञप्तिमा भनिएको छ।

    यस्तै मन्त्रालयले जनस्वास्थ्यका मापदण्डको पालना गर्नुका साथै कोभिड–१९ विरुद्धको खोप लगाउन सबैलाई आग्रह गरेको छ।