× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    एनएमबि बैंकले जित्यो ‘बैंक अफ दि एयर २०२१ एसिया’ को अवार्ड

    ३ वर्ष पहिले

    मंसिर-१५,एनएमबि बैंकले ‘बैंक अफ दि एयर २०२१ एसिया’ को अवार्डका साथै ‘बैंक अफ दि एयर २०२१ नेपाल’ को अवार्ड पनि जितेको छ ।

    एसियामा रहेका ४८ देशका बैंकहरूलाई पछाडि पार्दै एनएमबि बैंक लिमिटेड एसियाकै सर्वोत्कृष्ट बैंक बन्न सफल भएको हो।यो अवार्डलाई बैंकिङ क्षेत्रमा महत्वपूर्ण उपाधिका रुपमा हेरिन्छ ।

    बेलायतबाट प्रकाशित हुने पत्रिका फाइनान्सियल टाइम्सले एनएमबि बैंकलाई उक्त उपाधि दिएको हो। एनएमबिले जितके यो अवार्ड नेपालमै पहिलो हो ।यसअघि न्युजिल्याण्ड, चाइना, सिंगापुर, र कोरियाका बैंकले यो अवार्ड जितेका थिए।

    प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त अवार्ड बैंकका अध्यक्ष पवन गोल्यान र प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलाई हस्तान्तरण गरेका छन्। प्रधानमन्त्री निवासमा उक्त अवार्ड प्रदान गरेका हुन्।

    त्यस्तै एनएमबि बैंकले पछिल्लो ५ बर्षमा ‘बैंक अफ दि एयर नेपाल’ को अवार्ड चौथो पटक जितेको हो ।