× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस

    ३ वर्ष पहिले

    मंसिर-१६,आज अन्तर्राष्ट्रिय दासता उन्मुलन दिवस । विभिन्न क्षेत्रमा हुने गरेको शोषण अन्त्यका लागि सन्देश प्रवाह गर्न संयूक्त राष्ट्रसंघको आह्वानमा सन् १९४९ देखि हरेक वर्ष डिसेम्वर २ का दिन यो दिवस मनाउने गरिन्छ।

    नेपालमा दास तथा दासता प्रथाहरुको अन्त्य भएपनि दासताको परिवर्तित स्वरुपले विश्वमा चुनौतिपुर्ण बनिरहेको छ। हरेक वर्षको डिसेम्बर २ का दिन दासप्रथा उन्मूलन दिवसका रुपमा संयूक्त राष्ट्रसंघ र यसका सदस्य राष्ट्रलगायत संसारभर मनाउने चलन छ ।

    अन्तर्राष्ट्रिय श्रम संगठनको प्रतिवेदनका अनुसार अहिले पनि संसारभर ४१ लाख श्रमिकलाई जबर्जस्ती जोखिमपूर्ण काम गर्न लगाइएको छ । यस्ता श्रमिकमा महिला र बालबालिकाको संख्या धेरै छन् ।

    नेपालमा श्री ३ चन्द्र शमसेर जंगबहादुर राणाले झण्डै ९४ वर्ष अगाडि १९८३ सालमा दास प्रथा उन्मूलनको घोषणा गर्नुभएको थियो ।तर पनि विभिन्न स्वरुपमा दासताप्रथा अझै कायमै छ । यस्तै वैदेशिक रोजगारीमा गएका नेपालीमाथि शारीरिक तथा मानसिक दमन हुने गरेको उनीहरुको गुनासो छ ।

    पछिल्लो समय नेपालमा आन्तरिक तथा बाह्य बेचबिखन जस्ता आधुनिक दासत्व पनि बढ्दै गएको यस क्षेत्रमा काम गर्नेहरुले बताएका छन् । यस्तै पुराना तरिकाका दास तथा दासताका प्रथा घटे पनि मानव तस्कर, अङ्ग तस्कर र जबरजस्ती यौन व्यवसायमा लगाइने गरेकोे पाइएको छ । समाजमा विशेषगरी महिला र बालबालिकामाथि बढी श्रम शोषण हुने गरेको विभिन्न अध्ययनले देखाएका छन् ।