३ वर्ष पहिले
मंसिर-१६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय १५ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख १७ हजार ४ सय ९५ जना पुगेको छ ।
२४ घण्टामा ९ हजार ५ सय ११ जनाको पिसिआर परीक्षण गर्दा २ सय ९८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४६ लाख ४२ हजार ९ सय ९० जनाको पिसिआर भएको जनाईएको छ ।
२४ घण्टामा १ हजार ८ सय ९२ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ७ लाख ३६ हजार ५ सय १४ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ४५ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ६ हजार ७ सय १५ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ सय ३० जना रहेको छ।
२४ घण्टामा २ सय १ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख ३ हजार ३ सय ६९ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.५६ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको ६ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ३५ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ९८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय १० जना र भेन्टिलेटरमा ३८ जनाको उपचार भईरहेको छ ।