× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज देशभर आंशिक देखि सामान्य बदली रहने

    ३ वर्ष पहिले

    मंसिर-१८, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार देशमा पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बागमती प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ र थोरै उच्च पहाडी तथा हिमाली भु-भागहरुमा हल्का हिमपात र थोरै पहाडी भु-भागहरुमा हल्का वर्षा समेत भईरहेको छ।

    आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

    त्यसैगरी राती प्रदेश १ को पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १ को पहाडी भू-भागको एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।