× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आठौं तनहुँ महोत्सव पुस २९ देखि माघ १० सम्म हुने

    ३ वर्ष पहिले

    मंसिर-१८,आठौं संस्करणको तनहुँ महोत्सव पुस २९ देखि माघ १० गते सम्म दमौलीस्थित बिपी वनबाटिकामा सञ्चालन हुने भएको छ।

    गत वर्ष कोभिडका कारण हुन नसकेको तनहुँ महोत्सव यो वर्ष हुने भएको हो ।कोरोनाले ठप्प पारेको आर्थिक क्षेत्रलाई चलायमान बनाउन महोत्सव सफल हुने तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठको भनाइ छ।

    स्थानीय उत्पादन, कृषि, धार्मिक, सांस्कृतिक, पर्यटकीय स्थलको प्रवर्द्धन महोत्सवको प्राथमिकतामा पर्नेछ । स्थानीय तथा राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुति महोत्सवको मुख्य आकर्षण हो ।

    पाँच लाख दर्शकले महोत्सवको अवलोकन गर्ने अनुमान गरेको संघका महासचिव सुबोध अधिकारीले जानकारी दिए । छ करोड रुपैयाँको आर्थिक कारोबार महोत्सवले गर्ने उनले जनाए ।

    महोत्सवको आयोजकमा तनहुँ उद्योग वाणिज्य संघसँगै जिल्ला समन्वय समिति र व्यास नगरपालिका रहेका छन् । दमौली बजार इकाई सहआयोजक रहेको छ ।