× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    बागमती प्रदेश सरकारमा ८ मन्त्रालयलाई फुटाएर १४ पुर्याइयो

    ३ वर्ष पहिले

    मंसिर-१८, बागमती प्रदेश सरकारमा मन्त्रालयको संख्या बढाइएको छ ।सत्ता गठबन्धनमा आबद्ध दलहरुलाई भाग नपुगेपछि मन्त्रालय बढाइएको हो।

    नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले नेतृत्व गरेको गठबन्धन सरकारमा आबद्ध दलहरुलाई भाग पुर्याउन यसअघि कायम ८ मन्त्रालयलाई फुटाएर १४ पुर्याइएको हो ।सरकारमा कांग्रेस र माओवादी केन्द्र साझेदार छन् ।

    मन्त्रालय विभाजनसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गरिएको छ । राजपत्रको सूचना अनुसार अब बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आन्तरिक मामिला तथा कानून, आर्थिक मामिला तथा योजना, उद्योग वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, खानेपानी ऊर्जा तथा सिंचाइ, संस्कृति तथा पर्यटन, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार, श्रम रोजगार तथा यातायात, युवा तथा खेलकुद, वन तथा वातावरण, सामाजिक विकास र स्वास्थ्य मन्त्रालय बनेका छन् ।