३ वर्ष पहिले
मंसिर-१८, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ३८ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख १७ हजार ९ सय ७९ जना पुगेको छ ।
२४ घण्टामा ५ हजार २ सय ९५ जनाको पिसिआर परीक्षण गर्दा २ सय २० जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४६ लाख ५४ हजार ६ सय ८५ जनाको पिसिआर भएको जनाईएको छ ।
२४ घण्टामा १ हजार ५ सय २ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ७ लाख ३९ हजार ४ सय ५२:जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ७ सय ४४ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ६ हजार ३ सय ९७ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ सय ४७ जना रहेको छ।
२४ घण्टामा ३ सय ९२ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख ४ हजार १ सय ८ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.५९रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ४० जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ९८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय ६ जना र भेन्टिलेटरमा ३२ जनाको उपचार भईरहेको छ ।