३ वर्ष पहिले
मंसिर-२१,चीनमा हुने शीतकालीन ओलम्पिकको अमेरिकाले कुटनीतिक बहिस्कार गर्ने निर्णय गरेको छ।
अमेरिकाले चीनको अल्पसंख्यक उईगर समुदाय माथिको मानवअधिकार हननको कारण कूटनीतिक बहिष्कारको निर्णय गरिएको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।
बेइजिङ ओलम्पिकमा कूटनीतिकस्तरमा अधिकारीहरुको टोली नजाने अमेरिकाले घोषणा गरेको हो।
तर अमेरिकी खेलाडीहरु भने सहभागी हुने छन् र सरकारको पूर्ण समर्थन रहने ह्वाइट हाउसले स्पष्ट पारेको छ ।