× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आँबुखैरेनीका विद्यार्थीहरूलाई आजबाट तीन दिने कथालेखन कार्यशाला शुरु

    ३ वर्ष पहिले

    मंसिर-२१ तनहुँको आँबुखैरेनीमा रहेका विद्यालयका विद्यार्थीहरूलाई आजबाट तीन दिने कथालेखन कार्यशाला सुरू भएको छ।

    आँबुखैरेनी स्रस्टा समाजको आयोजनामा आँबुखैरेनीमा रहेका रामशाह मावि लगायतका ६ वटा विद्यालयका कक्षा ६ देखि १२ सम्मको ५० जना विद्यार्थीहरू कार्यशालामा सहभागिता जनाएका छन्।

    कथा लेखनमा रुचि भएको तर कसरी लेख्ने भनेर अलमलमा रहेका विद्यार्थीहरुलाई लक्षित गरी कथा लेखनको बारेमा सामान्य जानकारी दिने र कथा अभ्यास गराउने उद्देश्यले सो गोष्ठी आयोजना गरिएको आँबुखैरेनी स्रष्टा समाजका अध्यक्ष अनिल श्रेष्ठले बताउनुभयो ।

    सो कार्यशालामा वरिष्ठ बाल साहित्यकार विजयराज आचार्यले सहजीकरण गरिरहनु भएको छ। गोष्ठी मंसिर २३ गतेसम्म सञ्चालन हुनेछ।