३ वर्ष पहिले
मंसिर-२१, सन् २०२२ को अक्टोबर-नोभेम्बरमा अस्ट्रेलियामा हुने आइसिसी टी-२० विश्वकप अन्तर्गत विश्व छनोट ग्लोबल क्वालिफायर्सको ड्र सार्वजनिक गरिएको छ ।
ग्लोबल क्वालिफायर्समा रहेका १६ देशलाई दुई समुहमा विभाजित गरिएको छ।नेपाल समूह ‘ए’ मा परेको छ। जस अन्तर्गत नेपालसहित आयरल्यान्ड, ओमान, बहराइन, क्यानडा, जर्मनी, फिलिपिन्स र युएई समुुुह ए मा परेका छन्।
त्यसैगरी जिम्बावे, हङकङ, नेदरल्यान्ड्स, युगान्डा, पपुवा न्युगिनी, जर्सी, सिंगापुर र अमेरिका समुह ‘बी’ परेका छन्।
समूह ‘ए’ को खेल आगामी १५ देखि २५ फेब्रुअरीमा ओमानमा हुनेछ भने समूह ‘बी’ को खेल आगामी जुलाई ८ देखि १८ सम्म जिम्बावेमा हुने छ।
समूह ‘ए’ र ‘बी’ का शीर्ष दुई/ दुई टिम विश्वकपमा छनोट हुनेछन्। सन् २०२२ मा अस्ट्रेलियामा हुने विश्वकपमा स्थान बनाउन लागि नेपालले विश्व छनोटमा उत्कृष्ट प्रदर्शन गर्नु पर्ने हुन्छ। ८ टिमको समूहमा उत्कृष्ट दुईभित्र पर्न सके मात्र नेपालले ८ वर्षपछि टी-२० विश्वकप खेल्नेछ।