× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    ट्रकले माइक्रोलाई ठक्कर दिदाँ ६ जना घाइते

    ३ वर्ष पहिले

    मंसिर-२३, पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिकाको फिस्लिङ्गमा आज बिहान कन्टेनर ट्रकले माइक्रोलाई ठक्कर दिदाँ ६ जना घाइते भएका छन् ।

    काठमाडौँबाट अर्घाखाँची तर्फ जाँदै गरेको बा ३ ख ८६३० माइक्रोलाई सोही दिशाबाट आइरहेको ना ६ ख ५५०३ नम्बरको कन्टेनरले ठक्कर दिदाँ माइक्रो स्थानीय मित्र गुरुङको घरमा छिरेका थिए ।

    सो दुर्घटनाबाट माइक्रोमा सवार ६ जना घाइते भएका छन् ।घाइते मध्ये चार जनालाई उपचारका लागि भरतपुर लगिएको छ ।अन्य दुई जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।