× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    गुडिरहेको हाइसलाई पछाडीबाट ठक्कर दिदा हाइसमा सवार ८ घाइते ।

    ३ वर्ष पहिले

    २३ मंसिर, मुग्लिन ।
    पृथ्वीराजमार्ग अन्तरगत चितवनको फिस्लिङ्गमा हाइस र डिब्बागाडी ठोक्किदा ६ घाइते भएका छन् ।

    आज विहान ९ बजे चितवन जिल्ला इच्छाकामना गा.पा. वडा नं. ३, फिस्लिङ्ग बजार स्थित काठमाण्डौबाट मुग्लिन तर्फ आउदै गरेको बा. ३ ख. ८६३० नम्बरको हाइसलाई सोही दिशाबाट आउदै गरेको ना. ६ ख. ५५०३ नम्बरको

    डिब्बा गाडीले पछाडिबाट ठक्कर दिदा हाइस अनियन्त्रित भई स्थानीय तिलक बहादुर गुरुङ्गको घरमा ठोकिदा हाइसमा सवार ८ जना घाइते भएको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले हाइवे समाचारलाई जानकारी दिएको छ ।

    घाइतेहरुको उपचारको लागि पुरानो मेडिकल भरतपुर पठाइएको र दुर्घटनामा परेका दुवै सवारी साधन र चालकलाई ईलाका प्रहरी कार्यलय मुग्लिनले आफ्नो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।