× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    कांग्रेस महाधिवेशन: रामचन्द्र पौडेलद्वारा पार्टी नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने निर्णय

    ३ वर्ष पहिले

    मंसिर-२५,नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने निर्णय गरेका छन् ।

    पौडेलले शनिबार प्रेस विज्ञप्ति मार्फत आफू नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने निर्णय गरेको जनाएका हुन् ।

    ‘राष्ट्रिय राजनीतिमा मेरो भूमिका रहिरहनेछ, ’ उनले भनेका छन्, ‘प्रतिस्पर्धाबाट म अलग रहे पनि आस्थावान साथीहरूले आफ्नो विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पर्धाको आदर्श र मूल्यलाई जोगाउनुहुनेछ भन्ने शुभेक्षा व्यक्त गर्दछु ।’

    उनले चौधौं महाधिवेशनसम्म आइपुग्दा आफूले अनेक प्रपञ्च भोगेको भन्दै पार्टी महाधिवेशनको मझधारमा आएर प्रतिस्पर्धाको मैदान छोड्न पर्ने अवस्थामा पुगेको बताए ।