× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ३४१ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ३७६

    ३ वर्ष पहिले

    मंसिर-२७, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय ४१ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख २० हजार ३ सय ५ जना पुगेको छ ।

    २४ घण्टामा १० हजार ४ सय १६ जनाको पिसिआर परीक्षण गर्दा ३ सय १३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४७ लाख २५ हजार १ सय ९४ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा २ हजार ८ सय २० जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ७ लाख ६३ हजार ३ सय २५ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय २४ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ५ हजार ५ सय ८ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ सय १६ जना रहेको छ।

    २४ घण्टामा ३ सय ७६ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख ७ हजार १ सय ५४ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.७० रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ५७ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ९७ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय १२६ जना र भेन्टिलेटरमा ३३ जनाको उपचार भईरहेको छ ।