× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    नदीजन्य पदार्थको चोरी निकासी कार्यमा संलग्न सवारीसाधन चितवन प्रहरीको नियन्त्रणमा

    ३ वर्ष पहिले

    मंसिर-२८, नदीजन्य पदार्थको चोरी निकासी कार्यमा संलग्न विभिन्न सवारीसाधनलाई जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको विशेष टोलीले नियन्त्रणमा लिएको छ ।

    प्रहरीले मंसिर २५ गते भोजाडबाट ३ वटा ट्रयाक्टर तथा मंसिर २० गते जुटपानी एरियाबाट दुई वटा जेसीबी, चार टिपर र एक ट्याक्टर नियन्त्रणमा लिएको हो ।

    नियन्त्रणमा लिएका सवारीसाधनलाई आवश्यक कारबाहीको लागि जिल्ला समन्वय समिति चितवनमा बुझाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।