× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    काँग्रेसको सभापतिमा शेरबहादुर देउवा विजयी

    ३ वर्ष पहिले

    मंसिर-२९, नेपाली काँग्रेसको सभापति पदमा शेरबहादुर देउवा विजयी भएका छन् ।

    दोस्रो चरणमा भएको निर्वाचनको मत परिणाम अनुसार देउवाले खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्दै जित हासिल गरेका हुन् ।

    देउवाले २७३३ मत पाएका छन् भने शेखर कोइरालाले १८५५ मत प्राप्त गरेका छन् । ३५ मत बदर भएको छ ।

    कांग्रेस नेतृत्वका लागि सभापतिमा वर्तमान सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेताहरू डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए ।

    तर सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि मंगलवार दोस्रो चरणको निर्वाचन गरिएको हो । जसअन्तर्गत सभापतिका उम्मेदवार द्वय शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा भएको हो ।