३ वर्ष पहिले
मंसिर-२९, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रहि देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।आज दिउँसो तथा राती देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन जल तथा पुर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ।