× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    अधिकांश सूचक नकारात्मक हुँदा अर्थतन्त्र गम्भीर अवस्थमा

    ३ वर्ष पहिले

    पुष-१, देशको अर्थतन्त्रका अधिकांश सूचक नकारात्मक हुँदा अर्थतन्त्र गम्भीर अवस्थमा रहेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।

    नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको कात्तिक महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार धेरै सूचक नकरात्मकतर्फ रहेको देखिएको हो ।

    उच्च तरलता संकट, शोधनान्तरमा देखिएको उच्च घाटा र विदेशी मुद्राको सञ्चितिमा आएको गिरावटले अर्थतन्त्र गम्भीर अवस्थमा पुगेको देखिएको छ । चालू आर्थिक वर्षका पहिलो चार महिनामा देखिएका यी सूचकहरूले अर्थतन्त्रको अप्ठेरो अवस्था आकलन गर्न थालिएको हो ।

    देशभित्रको उपभोक्ता मूल्य वृद्धि बढेको छ । कात्तिकमा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य वृद्धि पाँच दशमलव ३२ प्रतिशत पुगेको छ । मूल्य वृद्धि अघिल्लो वर्षको यही अवधिमा चार दशमलव शून्य पाँच प्रतिशतमा सीमित थियो ।

    यस्तै अघिल्लो वर्षको तुलनामा रेमिट्यान्स सात दशमलव सात प्रतिशतले घटेको छ । असोजमा पनि रेमिट्यान्स सात दशमलव ५ प्रतिशतले घटेको थियो । चालु खाताको घाटा दुई खर्ब २३ अर्ब १९ करोड पुगेको छ ।

    यस्तै गएको वर्षको यही अवधिमा देशको चालु खाता १९ अर्ब एक करोड रुपैयाँले बचतमा थियो । देशमा भित्रिने र बाहिरिने रकमबीचको अन्तर अर्थात शोधनान्तर स्थिति एक खर्ब ५० अर्ब ३८ करोड रुपैयाँले नोक्सानीमा पुगेको छ । असोजमा यस्तो घाटा ७६ अर्ब १४ करोड रुपैयाँ थियो ।

    यस्तै विदेशी विनिमयको सञ्चिति १० अर्ब ४७ करोड डलर बराबरमा झरेको छ । यो असोजको तुलनामा ५१ करोड डलर कम हो । यस्तै कात्तिकसम्ममा सरकारले विकासका लागि छुट्याएको पुँजीगत खर्चमध्ये २० अर्ब ७९ करोड रुपैयाँमात्रै खर्च गरेको छ । यो अघिल्लो वर्षको तुलनामा २९ दशमलव चार प्रतिशतले कमी हो ।