× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा २७४ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या २७०

    ३ वर्ष पहिले

    पुष-२, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ७४ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख २१ हजार ३ सय ४७ जना पुगेको छ ।

    २४ घण्टामा ७ हजार ६ सय ९१ जनाको पिसिआर परीक्षण गर्दा २ सय ६९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४७ लाख ५८ हजार ७ सय १९ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा १ हजार ३ सय २५ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ७ लाख ७५ हजार ५ सय ३७ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ५ सय २२ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ५ हजार २ सय ४७ रहेको छ भने संस्थागत आइसोलेसनमा २ सय ७५ जना रहेको छ।

    २४ घण्टामा २ सय ७० जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख ८ हजार ३ सय ५३ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.७३ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ७० जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ९८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय ४ जना र भेन्टिलेटरमा २५ जनाको उपचार भईरहेको छ ।