× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा २९० जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या २३२

    ३ वर्ष पहिले

    पुष-६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ९० जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख २२ हजार २ सय २७ जना पुगेको छ ।

    २४ घण्टामा १२ हजार ४ सय ७३ जनाको पिसिआर परीक्षण गर्दा २ सय ५२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४७ लाख ८५ हजार २ सय ३१ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा ४ हजार ६ सय १६ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ३८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ७ लाख ८९ हजार १ सय २४ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २ सय ४२ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ४ हजार ९ सय ९३ रहेको छ भने संस्थागत आइसोलेसनमा २ सय ४९ जना रहेको छ।

    २४ घण्टामा २ सय ३२ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख ९ हजार ३ सय ८७ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.७६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ७७ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ९५ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ९५ जना र भेन्टिलेटरमा २५ जनाको उपचार भईरहेको छ ।