× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    भारतको अदालतमा बम विस्फोट, २ जनाको मृत्यु

    ३ वर्ष पहिले

    पुष-८,भारतको पन्जाब प्रान्तको लुधियाना सहरमा अवस्थित अदालतभित्र बम विस्फोट भएको छ । बिस्फोटमा दुई जनाको मृत्यु भएको छ भने अन्य चार जना गम्भीर घाइते भएका छन् ।

    स्थानीय समयअनुसार बिहीबार दिउसो करिब साढे १२ बजे अदालतको दोस्रो तलामा विस्फोट भएको थियो ।

    विस्फोटबाट अदालत भवनको भित्ता भत्किएको छ । विस्फोट लगत्तै प्रहरीले घटनास्थल नियन्त्रणमा लिएको छ । सो अदालत लुधियाना सहरको मुटुमा रहेको डिस्ट्रिक्ट कमिसनरको कार्यलय नजिक पर्छ । अदालतमा कसले विस्फोट गराएको भन्ने बारेमा केही खुलाइएको छैन् । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    अदालतमा वकिलहरुको हडताल चलिरहेकोले भीडभाड कम भएको भारतीय सञ्चार माध्यमले जनाएको छ।