× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा २६० जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ३४९

    ३ वर्ष पहिले

    पुष-९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ६० जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख २२ हजार ९ सय ८६ जना पुगेको छ ।

    २४ घण्टामा ८ हजार ६० जनाको पिसिआर परीक्षण गर्दा २ सय ३७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४८ लाख ९ हजार ६७ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा ३ हजार ८ सय ३८ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ७ लाख ९९ हजार १ सय २१ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४८ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ४ हजार ८ सय १७ रहेको छ भने संस्थागत आइसोलेसनमा २ सय ३१ जना रहेको छ।

    २४ घण्टामा ३ सय ४९ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख १० हजार २ सय ७१ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.७८ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या १ रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ८२ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ९९ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ७७ जना र भेन्टिलेटरमा २१ जनाको उपचार भईरहेको छ ।