× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    प्रदेश १ र बागमती प्रदेशमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

    ३ वर्ष पहिले

    पुष-१०, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।प्रदेश १ र बागमती प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको र देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।

    आज दिउँसो पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। प्रदेश १ र बागमती प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    त्यसैगरी राती देशका सुदूर पश्चिम प्रदेश तथा अन्य प्रदेशहरूका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाले चेतावनी तथा परामर्श जारी गर्दै तराईका भू-भागहरुममा बिहानको समयमा हुस्सु/कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन तथा अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिन समेत सबैमा अनुरोध गरेको छ।