३ वर्ष पहिले
पुष-११, नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन सत्र आइतबार दिउँसो ३ बजे हुने भएको छ । यस्तै माओवादीले उद्घाटन सत्रमा अन्य ११ दलका नेतालाई पनि आमन्त्रण गरेको छ ।
सुरुमा पार्टीको विचार र नीतिमाथि छलफल गर्ने राष्ट्रिय सम्मेलन भएकाले कुनै पनि दललाई नबोलाउने भनेको माओवादीले शनिबार महाधिवेशनमा रूपान्तरण गरेर दलहरूलाई निम्तो पठाएको हो ।
दिउँसो १ बजे उद्घाटन हुने तय भएको राष्ट्रिय महाधिवेशन अब अपराह्न ३ बजे उद्घाटन हुने भएको छ। महाधिवेशनमा रूपान्तरण गरेपछि तयारीमा केही फेरबदल भएकाले उद्घाटन समारोह केही पछि सरेको माओवादी प्रवक्ता कृष्णबहादुर महराले बताए।
उद्घाटन समारोहमा नेकपा (एमाले), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा (माले), राप्रपा सहित ११ दललाई आजै बिहान निम्तो पठाइएको छ।