× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा २७१ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या २२५

    ३ वर्ष पहिले

    पुष-१२, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ७१ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख २३ हजार ६ सय ४३ जना पुगेको छ ।

    २४ घण्टामा ९ हजार १ सय ५७ जनाको पिसिआर परीक्षण गर्दा २ सय ५१ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४८ लाख २९ हजार ६ सय ८७ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा १ हजार ७ सय २९ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २० जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ८ लाख ५ हजार ५ सय ११ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ३१ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ४ हजार ६ सय ९४ रहेको छ भने संस्थागत आइसोलेसनमा २ सय ३७ जना रहेको छ।

    २४ घण्टामा २ सय २५ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख ११ हजार ५ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.८० रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या १ रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ८६ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ९७ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ७८ जना र भेन्टिलेटरमा २३ जनाको उपचार भईरहेको छ ।