३ वर्ष पहिले
पुष-१५, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल देशमा पश्चिमी न्यून चापिय प्रणाली र भारतको बिहार आसपसमा रहेको न्यून चापिय क्षेत्रको प्रभावका कारण देशभर आंशिक देखि सामान्य बदली रहि थोरै स्थानमा वर्षा भैरहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानामा हल्का हिमपात भैरहेको छ ।
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।
त्यसैगरी राती देशको पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।