× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    कावासाेतीमा डाइभर्सन भत्किँदा पूर्व पश्चिम राजमार्ग अवरुद्ध

    ३ वर्ष पहिले

    पुष-१५, नवलपुरको कावासोतीमा वर्षाका कारण डाइभर्सनमा क्षति पुग्दा बुधबार बिहान देखि अवरुद्ध भएको पूर्व पश्चिम राजमार्ग अझै सन्चालनमा आउन सकेकाे छैन ।

    सडक बिस्तारका क्रममा बनाइएकाे डाइभर्सन भत्किएपछि राजमार्ग अवरुद्ध भएकाे जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएकाे छ ।

    राजमार्ग खुलाउने काम भइरहे पनि वर्षाले माटाे भिज्दा निकै समस्या भइरहेकाे प्रहरीले जनाएको छ ।

    राजमार्ग अवरुद्ध भएसँगै ठूला तथा मालबाहक सवारी साधन राेकिएका छन् भने साना सवारी साधन वैकल्पिक बाटाे प्रयाेग गरी आवतजावत गरिरहेका छन् ।