× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट थप फैलन नदिन स्थानीय र प्रदेश सरकारलाई स्वास्थ्य विभागको निर्देशन

    ३ वर्ष पहिले

    पुष-१८, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागले कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट थप फैलन नदिन स्थानीय र प्रदेश सरकारलाई निर्देशन दिएको छ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबै स्थानीय तह, जिल्लाका स्वास्थ्य कार्यालय र सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई थप सतर्कता अपनाउन निर्देशन दिएको हो।

    कोभिड महामारीको जोखिम कायमै रहेकाले संक्रमितको संख्या थप बढ्न नदिन पूर्व तयारी आवश्यक रहेको महाशाखाले जनाएको छ। जनस्वास्थ्यका मापदण्डहरु (भीडभाड हुन नदिने,माक्सको प्रयोग गर्ने र हात धुने)को पूर्ण पालना गराउन र समुदायमा जोखिम क्षेत्रहरू पत्ता लगाई कोरोना परीक्षणको दायरा बढाउन, पहिचान भएका संक्रमितहरुको उचित व्यवस्थापन गर्न महाशाखाको निर्देशन छ।

    यस्तै, संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुको पहिचान गरी क्वारेन्टाइन तथा परीक्षण गर्न, सीमा नाकामा प्रवेश गर्ने यात्रुहरुको प्रोटोकल अनुसारको परीक्षण तथा व्यवस्थापन गर्न, खोप लगाउन छुटेका लक्षित वर्गहरुको पहिचान गरी खोप लगाउन र घरमै आइसोलेसन वा क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको फलोअप एवं मापदण्ड पालनाको निगरानी गर्न महाशाखाले निर्देशन दिएको छ।