३ वर्ष पहिले
पुष-१९, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल देशमा कुनै उल्लेखनिय मौसमी प्रणाली छैन। काठमाडौं उपत्यका र तराईका भूभागमा हुस्सु/कुहिरो लागेको छ।
देशभर मौसम सामान्यतया सफा रहेको छ ।आज दिउँसो तथा राती देशभर आंशिक बदलीको सम्भावना रहने छ।
महाशाखाले बिहानीपख उपत्यका लगायत तराईका जिल्लाहरुमा हुस्सु/कुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।