× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    ज्यान मुद्दा अभियोगमा फरार सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्रीका छोरा पक्राउ

    ३ वर्ष पहिले

    पुष-१९, सवारी ज्यान मुद्दा अभियोगमा फरार सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरा बबी सोडारी पक्राउ परेका छन्।

    आइतबार जिल्ला प्रहरी कार्यालय कैलालीले सवारी ज्यान मुद्दामा बबीलाई पक्राउ गरेको हो।

    गत पुस २ गते टीकापुरमा उनले चलाएको बागमती प्रदेश ०१०२५ च ६६५५ नम्बरको गाडीले एक पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्करबाट ९९ वर्षीया दुर्गादेवी न्यौपाने घाइते भएकी थिइन्।

    उनको उपचारको क्रममा नेपालगञ्जस्थित अस्पतालमा पुस ११ गते मृत्यु भएको थियो।