× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ३९३ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या २६३

    ३ वर्ष पहिले

    पुष-२०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय ९३ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख २६ हजार ६ सय ८१ जना पुगेको छ ।

    २४ घण्टामा ७ हजार ७ सय ९४ जनाको पिसिआर परीक्षण गर्दा ३ सय ५५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४८ लाख ८७ हजार ८ सय १८ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा १ हजार ५ सय ३५ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ३८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ८ लाख ३५ हजार ९ सय ५२ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ९४ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ४ हजार ८ सय ३४ रहेको छ भने संस्थागत आइसोलेसनमा २ सय ६९ जना रहेको छ।

    २४ घण्टामा २ सय ६३ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख १२ हजार ९ सय ३७ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.७२ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय १ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ९८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ८८ जना र भेन्टिलेटरमा २५ जनाको उपचार भईरहेको छ ।