× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    तलब निकासा नदिएको भन्दै शिक्षकहरूले गाउँपालिकामा लगाएकाे ताला खुल्यो

    ३ वर्ष पहिले

    पुष-२१, चितवनको इच्छाकामनामा तलब निकासा नदिएको भन्दै शिक्षकहरूले गाउँपालिका कार्यालयमा गरेको तालाबन्दी वार्ता पश्चात खुलेको छ।

    इच्छाकामना गाउँपालिका ५ मुग्लिन स्थित त्रिवेणि बराह माविका शिक्षकहरुले आज गाउँपालिकाको शिक्षा शाखा र प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा तलब निकासा नदिएको भन्दै तालाबन्दी गरेका थियो ।

    तालाबन्दीको कारण गाउँपालिकाकी शिक्षा अधिकृत दुर्गादेवी खड्का र स्रोतव्यक्ती भविश्वर गुरुङ कार्यालय भित्रै थुनिएका थिए।

    कार्यालय तालाबन्दीपछि गाउँपालिकाको उपाध्यक्ष किर्तीकुमार श्रेष्ठको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्ट र शिक्षा अधिकृत दुर्गादेवी खड्का सम्मिलित टोलीले त्रिवेणि बराह माविका शिक्षक समुहसँगको वार्ता पश्चात दुई दिन भित्र तलब निकासा दिने शर्तमा शिक्षकहरूले ताला खोलि दिएको नेपाल शिक्षक संघ इच्छाकामनाका अध्यक्ष खुमप्रसाद पन्तले बताउनुभयो।