× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    विनोद चौधरीको कांग्रेस केन्द्रीय सदस्य पद खारेज गर्न निर्वाचन आयोगमा उजुरी

    ३ वर्ष पहिले

    पुष-२२, नेपाली काँग्रेसका केन्द्रीय सदस्य बिनोद चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यता नपुगेको भन्दै पद मुक्त गर्न निर्वाचन आयोगमा उजुरी परेको छ । चौधरी काँग्रेसको १४औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य हुन्।

    डा. सुभाषचन्द्र यादव

    चौधरीले क्रियाशिल सदस्यता लिएको १० वर्ष नपुगेकाले उनी केन्द्रीय सदस्य बन्न नपाउने भन्दै सिरहा क्षेत्र–३ का महासमिति सदस्य डा. सुभाषचन्द्र यादवले चौधरीविरुद्ध उजुरी दिएको छ ।

    उजुरी दिएका यादवले उक्त स्थानमा आफूलाई पद बहाल गराउन समेत उजुरीमा भनेका छन् । यसअघि नै सो बारे पार्टीको निर्वाचन समितिलाई मौखिक रुपमा बारम्बार भन्दा पनि सुनुवाइ नभएको उनले उजुरीमा उल्लेख गरेका छन् ।

    उजुरी कर्ता यादव चौधरीसँगै पराजित भएका थिए । उनीहरु मधेशी खुला कोटामार्फत काँग्रेस केन्द्रीय सदस्यका उम्मेदवार थिए ।

    कांग्रेसको विधान, २०१७ को परिच्छेद ७ दफा २१ (८) मा १० वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएको महाधिवेशन प्रतिनिधिबाट ४ महिलासहित ९ जना मधेसी केन्द्रीय सदस्य रहने व्यवस्था रहेको छ ।

    उद्योगपतिसमेत रहेका बिनाद चौधरी चौधरी नेपाली कांग्रेसमा निरन्तर १० वर्ष क्रियाशील सदस्य नभएको उजुरीमा दावी गरिएको छ । उनी २०७४ सालमा मात्र नेपाली कांग्रेसमा प्रवेश गरेकोले निजको केन्द्रीय सदस्यमा उम्मेदवार नै हुन उजुरीमा उल्लेख गरिएको छ ।