× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    नेपालमा थप २४ जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्राेन पुष्टि

    ३ वर्ष पहिले

    पुष-२३, नेपालमा थप २४ जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्राेन पुष्टि भएकाे छ । यो सँगै नेपालमा २७ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनस‍ंख्या मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा थप २४ जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्राेन पुष्टि भएकाे जानकारी दिएको हो ।

    मन्त्रालय अनुसार पुस महिनामा संकलित कोरोना भाइरसका ११४६ पोजेटिभ नमुनाको स्क्रिनिङ गर्दा २५० वटामा एस जिन नेगेटिभ पत्ता लागेको थियो । त्यस्तै, एस जिन नेगेटिभ गरिएकामध्ये २४ वटामा जिन सिक्वेन्सिङ गर्दा सबै नमुनाहरुमा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको जनाएको छ ।

    ओमिक्रोन भेरियन्टका कारण बढ्नसक्ने संक्रमितको चापलाई मध्यनजर गर्दै सबै अस्पताललाई तयारी अवस्थामा रहन भनेको छ।