३ वर्ष पहिले
पुष-२३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ सय ६८ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख २७ हजार ८ सय ९३ जना पुगेको छ ।
२४ घण्टामा ८ हजार २ सय ७२ जनाको पिसिआर परीक्षण गर्दा ५ सय ७२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४९ लाख १० हजार १४ जनाको पिसिआर भएको जनाईएको छ ।
२४ घण्टामा ६ हजार ६ सय ९९ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ३ सय ९६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ८ लाख ५१ हजार ९३ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय ४१ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ५ हजार २ सय ८६ रहेको छ भने संस्थागत आइसोलेसनमा ४ सय ५५ जना रहेको छ।
२४ घण्टामा २ सय ६२ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख १३ हजार ७ सय ९ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.६९ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय २ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय १३ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ८१ जना र भेन्टिलेटरमा १५ जनाको उपचार भईरहेको छ।