× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तथा नेता नारायणकाजीलाई कोरोना संक्रमण

    ३ वर्ष पहिले

    पुष-२४, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहाल प्रचण्ड तथा नेता नारायणकाजी श्रेष्ठलाई लाई कोरोना संक्रमण भएको छ।

    शनिबार बिहान प्रचण्डको सचिवालयले हिजो बेलुका गरेको पीसीआर परीक्षणका क्रममा प्रचण्डमा कोरोना पोजिटिभ देखिएको जनाएको छ।

    ‘अध्यक्ष कमरेड प्रचण्डको स्वास्थ्यमा केही असहजता देखिएकोले हिजो बेलुकी पिसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ’, दाहालको सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उहाँ अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनु भएको र स्वास्थ्य अवस्था सामान्य छ।’

    त्यस्तै नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठलाई काेभिड-१९ संक्रमण पुष्टि भएकाे छ । पिसिआर परीक्षण गर्दा आफूलाई काेभिड संक्रमण पुष्टि भएकाे र होम‌आइसोलेसनमा रहेको जानकारी दिएका छन् ।

    उनले आफू कम्तिमा १४ दिन आइसोलेसनमा रहने सामाजिक सञ्चालमा उल्लेख पनि गरेका छन् । ‘पिसिआर परीक्षणमा मलाई संक्रमण देखिएकोले म होमआइसोलेसनमा छु । कम्तिमा १४ दिन आइसोलेसनमा नै रहनेछु । हालसालै मसँग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आबश्यक सावधानी अपनाउन विनम्रतापुर्वक अनुरोध गर्दछु,’ श्रेष्ठले लेखेका छन् ।