× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ९४४ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या २९७

    ३ वर्ष पहिले

    पुष-२४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ सय ४४ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख २८ हजार ८ सय ३७ जना पुगेको छ ।

    २४ घण्टामा ९ हजार ७ सय ६२ जनाको पिसिआर परीक्षण गर्दा ६ सय ९६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४९ लाख १९ हजार ७ सय ७६ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा ३ हजार ५ सय २ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २ सय ४८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ८ लाख ५४ हजार ५ सय ९५ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ६ हजार १ सय ४० रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ५ हजार ६ सय ३१ रहेको छ भने संस्थागत आइसोलेसनमा ५ सय ९ जना रहेको छ।

    २४ घण्टामा २ सय ९७ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख १४ हजार ६ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.६३ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय २ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय १३ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ८१ जना र भेन्टिलेटरमा १४ जनाको उपचार भईरहेको छ।