× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    भोलिबाट शुरू हुने चितवन महोत्सवको सम्पूर्ण तयारी पूरा, कोभिडको सुरक्षाका लागि विशेष तयारी

    ३ वर्ष पहिले

    पुष-२४, भोलिबाट शुरु हुने १३ औं संस्करणको चितवन महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ ।नारायणी नदी किनारमा पुस २५ गतेदेखि सुरु हुने महोत्सव माघ ४ गतेसम्म चल्नेछ ।

    उद्योग वाणिज्य संघ चितवनको आयोजना, भरतपुर महानगरपालिका र जिल्ला समन्वयन समितिको प्रवर्द्धनमा सुरु हुन लागेको १० दिने महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले गर्ने भएको छ।

    यसअघि पुर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महोत्सव उद्घाटन गर्ने कार्यक्रम भएको भएपनि कोरोना संक्रमण पुष्टि भएपछि प्रमुख अतिथिका रुपमा मुख्यमन्त्री पाण्डे आउने तय भएको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए ।

    चितवनको समग्र आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण गर्नु चितवन महोत्सव प्रमुख उद्देश्य रहेको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार महोत्सवमा ३५० वटा स्टल रहनेछन् । एकै प्रकृतिका वस्तु तथा उत्पादनका लागि छुट्टाछुट्टै परिसर तोकिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘मेड इन नेपालको छुट्टै स्थान छ । अटोको छुट्टै, कृषिको छुट्टै, इलेक्ट्रिकको छुट्टै र अन्य व्यावसायीहरुको छुट्टैछुट्टै स्थान तोकेर परिसर बनाएका छौं ।’

    स्थानीय उत्पादनको बजारिकरणमा यसपाली महलाई जोड दिइएको छ । महोत्सव परिसरमा मौरीको डमी पनि प्रदर्शन गरिने उहाँले जानकारी दिनुभयो ।

    यि लगायत महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, विभिन्न जनजाती र भाषाभाषि सबैको सांस्कृतिक प्रदर्शन रहने उहाँले बताउनु भयो । २८ गतेदेखि २ गतेसम्म क्याम्पा चौरमा फुड फेस्टिबल पनि हुनेछ ।

    यस्तै पुस २७ गते कृषि सम्बन्धी, पुष २८ गते उर्जा सम्बन्धी, पुष २९ गते पोल्ट्री सम्बन्धी, ३० गते पर्यटन सम्बन्धी, माघ २ गते कविता प्रतियोगिता तथा साहित्यिक र माघ ३ गते महिला उद्यमी सम्बन्धी गोष्ठी हुने उहाँले बताउनु भयो ।

    कोरोना संक्रमणलाई मध्ये नजर गरेर कोभिडको सुरक्षाका लागि विशेष तयारी स्वरुप टिकटसँगै मास्क वितरण तथा स्यानीटाइजर उपलब्ध गराउनु का साथै अवलोकनकर्ताले मास्क लगाएको नलगाएको अनुगमन पनि हुने बताउनु भयो ।

    उहाँले महोत्सव उद्घाटनअघि विभिन्न जनजातीहरु सहितको झाँकी र्याली गरिने जानकारी दिनुभयो । र्‍याली महोत्सव परिसरबाट निस्केर पोखरा बसपार्कहुँदै पुतलीबजार हुँदै, शहीद चोक, लायन्सचोक, पुल्चोक हुँदै पुनः महोत्सव परिसरमा पुग्ने छ । उद्घाटन सत्रका बेला भने प्रवेश निःशुल्क रहेको बताउँदै उहाँले उद्घाटन सत्र सकिएपछि दिउँसोबाट टिकट लाग्ने बताउनु भयो ।

    महोत्सवमा प्रवेश शुल्क ५० रुपैयाँ रहेको बताउँदै विद्यार्थीका लागि २५ रुपैयाँ तोकिएको जानकारी दिनुभयो ।ज्येष्ठ नागरिक, एकल महिला, शहीद परिवार र अपाङ्गता भएका व्यक्तिको लागि निःशुल्क प्रवेशको व्यवस्था गरिनेछ ।

    महोत्सव उद्योग वाणिज्य संघ चितवनको आयोजनामामात्र नभै समग्र चितवनवासीकै आयोजना भएको बताउँदै उहाँले सबैलाई महोत्सव अवलोकन गर्न आग्रह गर्नु भएको छ ।