× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    नेपालमा कोरोना संक्रमितको संख्यामा तीव्र वृद्धि, पछिल्लो २४ घण्टामा ११६७ जना कोरोना भाइरस संक्रमित थपिए

    ३ वर्ष पहिले

    पुष-२५, नेपालमा कोरोना संक्रमितको संख्यामा तीव्र वृद्धि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार १ सय ६७ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख ३० हजार ४ जना पुगेको छ ।

    २४ घण्टामा ८ हजार ८ सय ४८ जनाको पिसिआर परीक्षण गर्दा ८ सय ४१ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४९ लाख १९ हजार २८ सय ६ सय २४ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा ३ हजार ७ सय ८४ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ३ सय २५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ८ लाख ५८ हजार ३ सय ७८ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ७ सय ५५ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ६ हजार १ सय २७ रहेको छ भने संस्थागत आइसोलेसनमा ६ सय २८ जना रहेको छ।

    २४ घण्टामा २ सय २४ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख १४ हजार २ सय ३० पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.५५ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या २ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ४ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय १३ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ७० जना र भेन्टिलेटरमा १६ जनाको उपचार भईरहेको छ।