× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा १४४६ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या २५५

    ३ वर्ष पहिले

    पुष-२६, नेपालमा कोरोना संक्रमितको संख्यामा तीव्र वृद्धि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४ सय ४६ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख ३१ हजार ४ सय ५० जना पुगेको छ ।

    २४ घण्टामा ८ हजार ९ सय ६५ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ३ सय ५७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४९ लाख ३७ हजार ५ सय ८९ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा २ हजार ४ सय ६४ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ८९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ८ लाख ६० हजार ८ सय ४३ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ८ सय ५५ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ७ हजार २ सय ४५ रहेको छ भने संस्थागत आइसोलेसनमा ६ सय १० जना रहेको छ।

    २४ घण्टामा २ सय ५५ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख १४ हजार ४ सय ८५ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.४४ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या २ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ६ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय १३ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ६७ जना र भेन्टिलेटरमा १६ जनाको उपचार भईरहेको छ।