× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    नेपाली भूभागमा भारतले सडकसहितका संरचना निर्माण गरेकोमा एमालेको ध्यानाकार्षण, व्यवहारिक स्वामित्व स्थापना गर्नका लागि सार्थक पहल गर्न सरकारसँग माग

    ३ वर्ष पहिले

    पुष-२८, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले नेपाल र भारतबीच भएको सहमति विपरित भारतीय पक्षबाट नेपाली भूभाग कालापानी ,लिपुलेक र लिमिपयाँधुरामा सडकसहितका संरचना निर्माणलाई तिव्रता दिएको भन्दै आफ्नो ध्यानाकार्षण गराएको छ ।

    आज पार्टीका परराष्ट्र विभागका प्रमुख डा. राजन भट्टराईले एक विज्ञप्ती जारी गर्दै यस्तो उल्लेख गरेका छन् । विज्ञप्तीमा नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डतामाथि आँच पुर्‍याउने गतिविधि तत्काल रोक्न भारतसँग आग्रह गरिएको छ ।

    विज्ञप्तीमा भनिएको छ,‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्‍याउने यस्ता गतिविधि तत्काल बन्द हुनुपर्छ, सडकलगायत संरचना निर्माण रोकिनुपर्छ,।

    वार्ताको माध्यमबाट यस विषयलाई अविलम्ब टुङ्ग्याइनुपर्छ र वार्ताबाट समाधान नखोजिँदासम्म राज्यस्तरबाट कुनै पनि संरचना बनाइनुहुन्न भन्ने नेकपा (एमाले) को अविचलित मान्यता रहेको जनाएको छ।

    यस्तै विज्ञप्तिमा राष्ट्रियतासँग सम्बन्धित यस्तो गम्भीर विषयमा वर्तमान सरकारको सन्देहास्पद मौनताले अनेक प्रश्न जन्माएको र यस विषयमा भारतसँग अविलम्ब गम्भीर संवाद गर्न र सबैखाले बलमिच्याइँ रोक लगाउन र नेपाली भू-भागमा नेपालको व्यवहारिक स्वामित्व स्थापना गर्नका लागि सार्थक पहल गर्न सरकारसँग माग गरेको छ।